सर्लाहीका यी चार ठाउँमा आगलागी,कति भयो क्षेती ?

Posted on: 15 Nov, 2020

कात्तिक ३०, सर्लाही | सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी भएको छ | घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको हो | 

जिल्लाको गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ |

त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा शनिबारै राति भएको आगलागीबाट एउटा पाडो र ४ वटा बाख्राको जलेर मृत्यु भएको छ | वडा नम्बर १ बस्ने निरज साहको गोठमा बालेको मैनबत्तीबाट सल्किएको आगोले पाडो र बाख्रासहित गोठ जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ  |

बागमती नगरपालिकामा भएको आगलागीबाट एक जनाको एउटा दुई तले घर जलेको छ । वडा नम्बर १ डुमाजोर निवासी सुनिल तामाङको घरमा बालिएको मैनबत्ती सल्किएर आगलागी हुँदा उनको काठको कच्ची दुई तल्ले घर जलेको हो |

बरहथवा नगरपालिकाको एक पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ  | सबै ठाउँको आगोलाई स्थानीय बासी र प्रहरी मिलेर निभाएको सर्लाही प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!