सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Posted on: 06 Jan, 2021

पुस २२, सर्लाही। सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ | जिल्लाको रामनगर गाउँपालिका वडानम्बर-२ बस्ने रामएकबाल राय यादवको दुर्घटनामा मृत्यु भएको हो | 

यादवले चलाएको बीआर ३० एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका-४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको थियो | मोटरसाइकल पल्टिदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए |

उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!