सिन्धुलीमा शव बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 31 Dec, 2018

पुस १६, सिन्धुली | पोष्टमार्टम गरी घरतर्फ शव बोकेर जाँदै गरेको ट्याक्टर सिन्धुलीमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । भीरबाट लडेर मृत्यु भएका सुनकोसी गाउँपालिका ४ भोर्लेनी सिन्धुलीका ३१ वर्षीय अशोक रानामगरको शव सिन्धुली अस्पतालबाट पोष्टमार्टम गरी घरतर्फ लैजाँदै गरेको लु २ त १७२९ नम्बरको ट्याक्टर कमलामाई नगरपालिका २ पिपलभन्ञ्याङस्थित वीपी राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टरका सहचालक सुनकोसी गाउँपालिका ४ लखनपुर बस्ने १७ वर्षीय रामजी किङ्रीङ मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते सहचालक मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!