सिन्धुलीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Posted on: 07 Feb, 2019

माघ २२, काठमाडौं | सिन्धुलीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

बेलोरोमा ८ जना यात्रु सवार थिए । जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!