विप्लब समूह परित्याग गरेका दम्पतिलाई सोहि समूहको आक्रमण

Posted on: 29 May, 2019

जेठ १५, सिन्धुली | ६ महिनाअघि चन्द समूह परित्याग गरेका सिन्धुली हरिहरपुरगढी गाउँपालिका ७ का हरिकृष्ण घिमिरे र उनका दम्पतिलाई विप्लब समुहले कुटपिट गरेको छ । 

विप्लब समूहका कार्यकर्ताहरुले घिमिरे दम्पतिलाई हरिहरपुरगढी गाउपालिकामा आफ्नो काम सकेर फर्किने क्रममा आक्रमण गरेका थिए । क्यानखोलाका ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी श्रीमती ३० वर्षीय गंगालाई वडा नं २ को जखौली चुरेमा मंगलबार साँझ चन्द समूहका कार्यकर्ताले कुटपिट गर्दा घिमिरे दम्पतीको हातमा गहिरो चोट लागेको छ । उनीहरूलाई उपचारका लागि हेटौंडा लगिएको छ । 

घाइते घिमिरेले दिएको जानकारी अनुसार उनि विप्लब समूहको जनकपुर ब्युरो सदस्य तथा सिन्धुली र महोत्तरी जिल्लाको सेक्रेटरी भएर केही समय काम गरेका थिए । विप्लब समूहले जंगलमा मोटरसाइकल रोकेर गाउँपालिकाबाट फर्किंदै गरेका घिमिरे दम्पतिलाई लठ्ठी प्रहार गरेको र मरणासन्न हुनेगरि कुटेको घाइते घिमिरेले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!