यस्तो छ सिन्धुपाल्चोकको पछिल्लो मतपरिणाम

Posted on: 07 Dec, 2017

मंसिर २१, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मत गणना सुरु भएको छ । प्रारम्भीक मत गणनामा क्षेत्र १ मा वाम गठबन्धनले अग्रता लिएको छ भने दुई मा लोकतान्त्रिक गठबन्धन अगाडि छ ।

१ मा वाम गठबन्धनबाट माओवादीका अग्नि सापकोटाले १५०३ मत पाएका छन् भने कांग्रेसका मोहनबहादुर बस्नेतको ६४६ मत छ ।

२ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपतिशम्शेर राणाले ५४३ मत पाएका छन् । उनलाई पछ्याइरहका एमालेका शेरबहादुर तामाङको ४२३ मत छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!