भूकम्प पिडितको नाममा घर नबनाउनेद्वारा ५० हजार रकम फिर्ता

Posted on: 24 Feb, 2019

फागुन १२, मेलम्ची (रासस) | सिन्धुपाल्चोकमा आवास निर्माणका लागि पहिलो किस्ता लिएर घर नबनाउने १२ ले पहिलो किस्ताबापतको रु ५० हजार फिर्ता गरेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी–२ का पदमबहादुर तामाङ, सुनकोशी– १ का प्रेमबहादुर कार्की, मेलम्ची–४ का कृष्णहरि खनाल, सुनकोशी– ६ का सीताराम भण्डारी, चौसागढी नपा–९ का बादल तामाङ छन् । 

अन्यत्र घर भएका तर अनुदान लिएका मेलम्ची नपा– १३ का झम्कप्रसाद दङ्गाल, हेलम्बु गापा– १ का मिङ्मार लामा, चौसागढी नपा– ११ का महेन्द्र गिरी, चौसागढी नपा– ७ का राजेन्द्र श्रेष्ठ, जगतबहादुर श्रेष्ठ र चन्द्रकुमारी दङ्गालले पनि रकम फिर्ता गरेको समितिका अध्यक्ष निमा छिरिङ लामाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!