पाँच लाख सहयोग गर्ने निर्णय

Posted on: 13 Jul, 2020

असार २९, मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ ।

असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमानसिंह तमाङले जानकारी दिनुभयो । 

पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!