मेलम्ची नगरपालिकामा एमाले विजयी

Posted on: 18 May, 2017

जेठ ४, मेलम्ची | मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्बरबहादुर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आइतमान तामाङले सात हजार ३३ मत प्राप्त गर्नुभयो । 

यस्तै सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले नौ हजार ११७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सविता गुरुङले छहजार ७३९ मत प्राप्त गर्नुभयो । 

सो नगरपालिकाको वडा नं ११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गर्नुभयो । 

यस्तै वडा नं १२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गर्नुभयो । 

यसैगरी वडा नं १३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वराम दङ्गाल र राप्रपाका जिवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!