सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

Posted on: 18 May, 2017

जेठ ४, चौतारा | सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन कार्यालयकाअनुसार उपप्रमुखमा माओवादीका जानुका पराजुलीले सात हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ हजार २६८ मत प्राप्त गर्नुभएको छ । 

सो नगरपालिकामा वडा नं १, ३, ६, १०, १२ र १४को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा नं ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् । 

वडा नं २ मा राप्रपा र वडा नं ८ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!