एमाले वडा सदस्यले २० हजारमै आफ्नो मत बेचेको खुलाशा

Posted on: 02 Jun, 2017

जेठ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा एमालेको तर्फबाट वडा सदस्यले २० हजारमा आफ्नो मत बिपक्षीलाई बेचेको खुलाशा भएको छ । 

गाउँ र नगर कार्यपालिकालाई पूर्णता दिन बिहीबार भएको कार्यक्रममा ति दलित वडा सदस्यले मतै नहाले पछी कांग्रेस-माओवादी गठबन्धनले बहुमत प्राप्त गरेका छन् । बलेफी गाउँपालिकामा नेकपा एमालेको पक्षमा २१ मत थियो भने कांग्रेस र माओवादीको मत पनि २१ नै थियो । तर मत खस्दा एमालेको पक्षमा २० मत मात्र खस्यो भने कांग्रेस-माओवादीको पक्षमा २१ मत खस्यो । कसरी यस्तो भयो ? बुझ्ने क्रममा एमाले तर्फका एक जनाले खाली मत खसालेको पाइयो । 

एमालेले बैठकमा २१ जना मध्ये एकजना दलित महिला सदस्यलाई उपस्थित नभएको पत्ता लगायो । पछी ती महिलालाई भेटेर एमालेले त्यसको स्पष्टिकरण लिँदा पत्ता लाग्यो उनि २० हजारमै बिकेकी रहिछन् ।

सोधपुछपछी ति दलित सदस्यले एमालेलाई मत नहाली खाली राखेको स्वीकार गरेकी थिइन् । उनको अनुसार कृष्णबहादुर तामाङ भन्ने व्यक्तिले उनलाई गाउँ कार्यपालिकाको चुनावमा कसैलाई पनि भोट नहाली खाली मतपत्र ढ्वाङमा राखे २० हजार दिने प्रलोभन देखाएपछि उनले त्यसै अनुसार गरेको बताएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!