सिन्धुपाल्चोकमा ४० प्रतिशत मत खस्यो

Posted on: 26 Nov, 2017

मङ्सिर १०, चौतारा । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०: २० मिनेटमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले बताउनुभयो । 

बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!