सिन्धुपाल्चोकमा वाम गठवन्धनको दोब्बर भन्दा बढी मतान्तरले अग्रता

Posted on: 07 Dec, 2017

मङ्सिर २१, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको मतगणनामा वाम गठवन्धन दोब्बर मतले शुरुवाती अग्रता लिएको छ । सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अग्नी सापकोटाले ७३५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहन वस्नेतले ३३५ मत पाएको छ ।

सिन्धुपाल्चोकमा २ निर्वाचन क्षेत्र छन् | अर्को क्षेत्रको अपडेट आएको छैन | निर्वाचन क्षेत्र २ मा बाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ छन् भने लोकतान्त्रिक पक्षबाट राप्रपा (प्रजातान्त्रिक) पशुपति शमसेर जबरा चुनावी मैदानमा छन् । 

अहिले मतगणना भईरहेको क्षेत्रमा प्रदेश सभा अन्तर्गत (क) मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल र नेपाली कांग्रेसका बिष्णुबहादुर खत्री बीच प्रतिष्पर्धा हुनेछ भने निर्वाचन क्षेत्र १ कै (ख) मा नेकपा माओवादी केन्द्रका दावा तामाङसंग नेपाली कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठ प्रतिष्पर्धामा छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!