नेविसंघका महामन्त्री तिमिल्सिना वडामै पराजित

Posted on: 22 Sep, 2021

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन्। मंगलबार सिन्धुपाल्चोकमा भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना वडामै पराजित भएका हुन्।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा ४ का तिमिल्सिनाले १७ मत मात्र प्राप्त गरेका थिए। यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन्।

सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सकेनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित भएको हुन्।

यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन्।सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!