सिन्धुपाल्चोकबाट नाबालकसहित ४ बेपत्ता

Posted on: 15 Feb, 2017

फागुन ४, सिन्धुपाल्चोक | गुम्बा ५ बोल्दे घट्टेगाउका एक महिला र तीन बालबालिका हराएका छन् । छोरासहित मनमाया तामाङ, १८ वर्षीया सानुमाया र सोही ठाउकी १० वर्षीया डोल्मा तामाङ गत पुसदेखि बेपत्ता छन् ।

घरबाट दिउसो १ बजे जंगलमा घाँस काट्न गएकी मनमाया एक वर्षीय छोरा सुनीलसहित बेपत्ता भएको परिवारले जनाएको छ । मनमाया बेलुकीसम्म नफर्किएपछि श्रीमान् दावा खोजीमा लागेका थिए । सानुमाया र डोल्मा पनि मनमायासंगै  गएका थिए । हराएको दिन राति उनीहरू छिमेकी गाविस पाङताङको डल्लेपोखरीस्थित ईश्वर श्रेष्ठको घरमा बसेको परिवारले बतायो । 

आफन्तले खोजीका लागि जिल्ला प्रहरीमा निवेदन दिएका छन् । - कान्तिपुर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!