सिन्धुपाल्चोकमा चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

Posted on: 20 Mar, 2017

चैत ७, मेलम्ची । चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले आज दुई युवालाई पक्राउ गरेको छ । 

चोरीको बा५२प ९४२७ नंको १५० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । 

उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!