सिन्धुपाल्चोकमा नि:शुल्क आँखा शिविर: सयौँको उपचार गरियो

Posted on: 01 Apr, 2017

चैत १९, चौतारा । सिन्धुपाल्चोकको जलबिरेमा शुक्रबार आयोजित निःशुल्क आँखा शिविरमा छ सय ८४ जनाले उपचार पाएका छन् । 

कमजोर आर्थिक अवस्था र विभिन्न कारणले राजधानीमा गई उपचार गर्न असमर्थ जलबिरे तथा आसपासका बासिन्दाले निःशुल्क आँखा उपचार पाएका हुन् । बलेफी गाउँपालिकाअन्तर्गत साबिक जलबिरे गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित पाँचदिने सो शिविरमा छ सय १० को सामान्य उपचार र ६३ जनाको मोतिबिन्दुको शल्यक्रिया भएको थियो । 

सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोकको संयोजनमा बिपी कोइराला नेत्र अध्ययन केन्द्र त्रिविवि शिक्षण अस्पताल र बिपी स्मृति स्वास्थ्य प्रतिष्ठानद्वारा आयोजित सो शिविरमा प्रतिष्ठानका प्रमुख उपप्राध्यापक डा रञ्जु सिटौलाको नेतृत्वमा १४ चिकित्सकको सहभागिता थियो । 

शिविरमा शल्यक्रिया गर्नुपर्ने ११ बिरामीलाई त्रिविवि शिक्षण अस्पतालमा पठाइएको र त्यहाँ परीक्षण गरेका सबै बिरामीलाई सो अस्पतालमा निःशुल्क उपचार गरिने समाजका अध्यक्ष भूपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!