सिन्धुपाल्चोकमा चट्याङ लागेर सासुको मृत्यु, बुहारी घाइते

Posted on: 02 Apr, 2017

चैत २०, सिन्धुपाल्चोक । शनिबारको पानीसँगै परेको चट्याङबाट सिन्धुपाल्चोकमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो । 

घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!