१० वर्षदेखि फरार अभियुक्त सिन्धुपाल्चोकबाट पक्राउ

Posted on: 18 Aug, 2017

भदौ २, मेलम्ची । सवारी ज्यान मुद्दामा १० वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । 

भक्तपुर जिल्ला अदालतबाट २०६४ साल माघ १७ गतेको फैसलानुसार छ महिना कैद र रु दुई हजार जरिवाना सुनाइएका मेलम्ची नगरपालिका–१० शिखरपुरका ३४ वर्षीय रामबहादुर माझीलाईमेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 

दोषी माझीलाई आइतबार अदालत बुझाइने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!