वडा कार्यालय निर्माणका लागि जग्गा दान

Posted on: 09 Feb, 2018

 माघ २६, काठमाडौँ | राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तारानाथ दाहालले मेलम्ची नगरपालिका–१० शिखरपुरको कार्यालय भवन निर्माणका लागि एक रोपनी १० आना जग्गा दान गर्नुभएको छ । 

बुधबार उक्त जग्गा दाहालले वडा कार्यालयलाई रजिस्ट्रेशन पास गर्नुभएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिनुभयो । पैतृक सम्पत्तिबाट अंशमा प्राप्त उक्त जग्गा उहाँले दान गर्नुभएको हो । 

मेलम्ची–चौतारा सडकसँग जोडिएको यो जग्गाको सरकारी मूल्याङ्कन प्रतिरोपनी रु १८ लाख छ । 

यसैगरी उक्त भवन निर्माणका लागि स्थानीय समाजसेवी टोमशंकर दुलालले पनि एक रोपनी जग्गा दान गर्नुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!