सिन्धुपाल्चोकमा आगलागीबाट एकको मृत्यु

Posted on: 07 Mar, 2018

फागुन २३, चौतारा | सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित स्वाँरा गाँउमा आगलागीबाट एक युवकको मृत्यु भएको छ । 

गएराति ९ बजेतिर भएको आगलागीमा स्थानीय रेशम सार्कीको मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । भूकम्पपछि संस्थाले बनाई दिएको अस्थायी टहरोमा एक्लै सुतिरहेको अवस्थामा आगलागी भएको थियो । मृतक धूम्रपान गर्ने भएकाले चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका–११ चेहेरेस्थित सुनकोशी नदीमा करिब ५० वर्षीय एक पुरुषको बेवारिसे शव आज बिहान फेला परेको छ । सोबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!