मध्य भोटेकोशी आयोजनाका मजदूर बेपत्ता

Posted on: 28 Jun, 2020

असार १४, मेलम्ची | निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदूर भोटेकोशी नदी किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएका छन् । 

भोटेकोशी गाउँपालिका ४ का ४० वर्षीय रामबहादुर मगर आज बिहान १० बजे  किनारामा काम गर्ने सिलसिलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

आयोजनाका कर्मचारी दीपक श्रेष्ठका अनुसार उनी सात महिनादेखि ग्वाग्छी हाइड्रोपावर चाकुमार्फत आयोजनामा काम गर्दै आएका थिए । बेपत्ता मजदूरको प्रहरी र स्थानीयवासीबाट निरन्तर खोजी भइरहेको प्रहरी नायब उपरीक्षक  माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!