भारततर्फ लैजादै गरिएको सामान छाडेर तस्करहरु फरार

Posted on: 09 Oct, 2020

महेश सिंह | असोज २३, सिरहा | सप्तरीको हनुमानगरबाट ठूलो परिमाणको अबैध सुर्ती बरामद गरिएको छ । हनुमानगर नगरपालिका ५ बाट सशस्त्र प्रहरीका सादा पोसाकको प्रहरीले ठूलो परिमाणको अबैध सुर्ती बरामद गरेका हुन् ।


सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठको कमान्डमा गोप्य सूचनाको अधारमा खटिएको सादा पोसाकको सशस्त्र प्रहरीले उक्त सामान बरामद गरेको हो । लकडाउनको मौका छोपी तस्करहरुले ठूलो परिमाणको अबैध सुर्ती भन्सार छ्लेर नाउँ (डुंगा) प्रयोग गरी भारत तर्फ लैजादै गरेको अवस्थामा कोशी खोलाको पनारबाट प्रहरीले उक्त सामानहरु बरामद गरिएको छ। 


बरामद भएका सामानहरुमा सुर्ती २० बोरा, मन्जन गुल्ल ५ बोरा, मटर, कपडा लगायतका सामानहरु रहेका छन् । बरामद भएका सामानहरु करिब ३ लाख मुल्य बराबरका रहेका छन् । प्रहरीलाई देखेपछि तस्करहरु सामान छाडेर फरार भएका थिए । बरामद गरिएका सामान कुनौली भन्सारमा बुझाएको प्रहरीले जानकारी दिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!