सिराहाका २ विद्यार्थीको अभिभावक बने प्रधानमन्त्री ओली

Posted on: 18 Apr, 2018

वैशाख ५, सिराहा | दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गर्नुभएको छ । 


सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेश कुमार र कौशिला देवी मण्डल (खत्वे) की ५ वर्षकी छोरी रुपाकुमारी मण्डल (खत्वे) र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक (डोम) लाई प्रधानमन्त्रीले विद्यालय भर्ना गराउनुभएको हो । भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्रीले पुस्तक र पोशाक समेत वितरण गर्नुभएको थियो ।


विद्यालय भर्ना गरेपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउनुभयो । उहा“ले भर्ना अभियानमा विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

यस अघि वैशाख १ गते मुगुमा प्रधानमन्त्री ओलीले एक बालिकालाई विद्यालय भर्ना गराउनुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!