अबैध नदिजन्य पदार्थ उत्खनन गर्ने चारवटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

Posted on: 17 Jun, 2018

राम नारायण पंडित | असार ३, सिरहा | अबैध रुपमा नदिजन्य पदार्थ उत्खन्न तथा ओसारपसार गर्ने चारबटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ । 

प्रहरीको गस्ति टोलीले स्थानिय जिबा खोलाबाट स १ त ६५६८ र स १ त ६७१२ त्यसैगरि बतहा खोलाबाट स १ त ३३२७ र स १ त ६१५३ नम्बरको ट्रयाक्टरलाई अबैध रुपमा खोलामा नदिजन्य पदार्थ उत्खन्न गरिरहेको अवस्थामा शनिवार नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय मिचैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक खडकाले बताए । 

सरकारले वर्षाको समयमा असार एक गतेदेखि साउन मसान्तसम्म नदिजन्य वस्तु निकासीमा रोक लगाएपनि ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा निकासी नरोकिएकोले कडाई गरिएको डिएसपी खडकाले बताए । अवैध तरिकाले प्राकृतिक सम्पदाको दोहन गर्ने छुट कसैलाई नभएको भन्दै उनले दोषीलाई कानुनको दायराममा ल्याउने दाबी गरे ।

नियन्त्रणमा दिएका ट्रयाक्टरलाई आबश्यक कारबाहीका लागि जिल्ला समन्बय समिति सिरहालाई सिफारिस गरिएको उनले बताए । अबैध रुपमा नदिजन्य पदार्थ निकासी गर्ने ट्रयाक्टरलाई समन्बय समितिले प्रतिट्रयाक्टर ३५ सयका दरले जरिबाना काटी छोडिने गरेको डिएसपी खडकाले स्पष्ट गरे । 

पक्राउ परेका चालकहरुलाई पहिलो पटक सम्झाईबुझाई अभिभाबकको जिम्मा लगाईएको भन्दै उनले फेरी दोहरीए पक्राउ गरेर सार्बजनिक अपराध सम्बन्धि मुद्धा चलाउने चेताबनी दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!