सिरहामा एक युवकमाथि खुकुरी प्रहार गरी हत्या प्रयास

Posted on: 22 Jun, 2018

असार ८, लहान | सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । 

मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित मंगलम हेल्थकेयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यादवको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने शरीरभरि नीलडाम रहेको प्रहरीको भनाइ छ । 

आफ्नै घरमा सुतिरहेका बेला बिहान करिब २ बजेतिर आएका समूहले ढोका खोल्न लगाएर बाहिर बोलाई छोरामाथि आक्रमण गरेको घाइतेका बुबा हरि यादवले बताउनुभयो । 

सो घटनामा संलग्न रहेको आरोपमा स्थानीय तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!