मिर्चैया पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा

Posted on: 05 Jul, 2018

राम नारायण पंडित | असार २१, सिरहा | सिरहाको मिर्चैया नगरपालिका पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा भएको छ । मिर्चैया नगरपालिकाको स्वास्थ्य शाखाले (बुधबार) एक कार्यक्रम गरी नगरपालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरेका छन् । 

नगरका सबै खोप लगाउने उमेर समुहले खोप पाएसंगै नगरलाई पुर्ण खोप सनिश्चितता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेश सिंहले बताए ।

जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको प्रमुख आतिथ्य र नगरपालिकाका मेयर श्रबण कुमार यादबको अध्यक्षतामा भएको घोषणा सभामा बिशिष्ठ अतिथिका रुपमा नगरपाकिाका उपमेयर जिबछी देबी साह, जिल्ला समन्वय समितिका सदस्य उमेश सिंह, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, मिर्चैया स्वास्थ्य शाखाका प्रमुख सुरेश सिंह लगायतका उपस्थिति रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!