सिराहालाई विषादी मुक्त क्षेत्र बनाउने

Posted on: 09 Apr, 2018

राम नारायण पंडित/चैत २६ सिरहा। वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष रोमलाल गिरीले देशलाई विषादी मुक्त बनाउने लक्ष्य रहेको बताएका छन् ।

सिरहाको मिर्चैयामा आइतवार आयोजित एक दिने किसान सशक्तिकरण राष्ट्रिय अभियान नामक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले किसानलाई निःशुल्क माटो परिक्षण तालिमको साथै आवश्यक बिउविजन, मल र बजार व्यवस्थापनको वातावरण बनाउने स्पष्ट गरेका छन् ।


जिएमटि उद्योग चितवनका संस्थापक अध्यक्ष नारायण गौतमले किसानहरुको जिवन स्तर उकास्नका लागि देशभरीका किसानहरुलाई प्रशिक्षण दिने योजना रहेको बताए । 

सरस्वती कृषि सहकारी संस्था मिर्चैया नगरपालिका ७ फुलबरीयाका आयोजना तथा संस्थाका कार्यक्रम संयोजक दिलिप यादबको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष अभिषेक शर्मा, बडा नं. ७ का वडा अध्यक्ष राम कमार यादव लगायत किसानहरुको उल्लेखनिय सहभागिता रहेका थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!