मिर्चैयामा कृषकहरुलाई निःशुल्क धानको बिउ वितरण

Posted on: 10 Jun, 2018

राम नारायण पंडित | जेठ २७, सिरहा | सिरहाको मिर्चैया नगरपालिकाको कृषि शाखाले अगुवा कृषकहरुलाई धानको विउ वितरण गरेको छ । शाखाले ३० जना कृषकहरुलाई बासमति, सोनामन्सुली, सोना सर्बवण र एमटियु नामका धानका बिउ आज बितरण गरेको हो । 

प्रतिकृषक ७ किलोका दरले धानको बिउ निः शुल्क बितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पंडितले बताएका छन् । 

नगरपालिका बडा नं. ५ का अगुवा कृषकहरुलाई धान र तरकारी खेती सम्बन्धि तालिम समेत दिइएको प्रमुख पंडितले जनाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!