सिरहामा किसानलाई धानको बीउ वितरण

Posted on: 12 Jun, 2018
जेठ २९, लहान | सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ । 
नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो । 
प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिनुभयो । 
यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताउनुभयो ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!