सिराहामा आगलागीबाट दुई लाखको क्षति

Posted on: 31 Jul, 2017

साउन १६, लहान । गए राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ । 

राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!