चुरे क्षेत्रमा बैकल्पिक उर्जाका सम्भाव्यता अध्ययन: मन्त्री सोनल

Posted on: 14 Jun, 2018

राम नारायण पंडित | जेठ ३१, सिरहा | प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले चुरे क्षेत्रबाट ५० मेगावाट बैकल्पिक उर्जा उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमको आज सिरहाको मिर्चैयामा सम्बोधन गर्दै मन्त्री सोनलले त्यसका लागि चुरे क्षेत्रमा छिटै बैकल्पिक उर्जाको सम्भाव्यता अध्ययन गरिने दाबी गरे । 

प्रदेशलाई प्राबिधिक शिक्षाको हबको रुपमा विकास गरिने सरकारको योजना रहेको भन्दै उनले प्रदेशका बिभिन्न स्थानमा प्राबिधिक शिक्षालयहरु छिटै स्थापनाको तयारी भईरहेको स्पष्ट गरे ।

बजेट बिनियोजनमा केन्द्र सरकारले २ नम्बर प्रदेशसँग बिभेद गरेको आरोप समेत मन्त्रि सोनलले आरोप लगाए । उनले भने “संघिय सरकार अन्य प्रदेशको तुलानामा २ नम्बर प्रदेशलाई कम बजेट बिनियोजन गरेर नजरअन्दाज गरिरहेको छ ।”

प्रदेश सरकारले ४ महिनाको अबधीमा महत्वपुर्ण कार्य गरेको जिकिर गर्दै उनले प्रदेशलाई सम्बृद्ध बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।


कार्यक्रममा उपस्थित मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले नगरपालिकामा रहेका सडक, भवन लगायतका बर्तमान समस्यालाई तत्काल सम्बोधन गर्न मन्त्रि सोनलसंग आग्रह गरे । 

भेटघाट कार्यक्रममा राजपाका सहमहामन्त्री तथा प्रदेश सभा सदस्य सुरेश मण्डल, राजपाका युवा नेता रामकुमार मण्डल लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!