कोरोना नियन्त्रणका लागि एक करोड दिने सांसद साहको उदघोष

Posted on: 29 Mar, 2020

चैत १६, सिरहा | कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ का सांसद दिलिप साहले एक करोड रकम दिने उदघोष गरेका छन् ।

सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ का प्रदेश सांसद दिलिप साहले १ करोड रकम दिने घोषणा गरेका छन् ।

प्रदेश २ सरकारले गठन गरेको राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने सांसद साहले घोषणा गरेका हुन् ।

उनले भने ‘कोरोना महामारी नियन्त्रणको लागी प्रदेश सरकारद्वारा गठित राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने घोषणा गरेको छु।’

निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरि राहत कोषमा रकम जम्मा गर्ने बाटो खुल्ला गरिदिन उनले प्रदेश सरकारसँग मांग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!