पानी गोदाममा पस्दा मिर्चैयामा करोडौको क्षति, प्रहरी कार्यालयको पर्खाल भत्कियो

Posted on: 12 Aug, 2017


राम नारायण पंडित/साउन २८, सिरहा । अविरल बर्षाले सिरहाको जनजिबन अस्तब्यस्त भएको छ । 

गएराति बर्षाको पानी व्यापारीहरुको पसल र गोदाममा पस्दा मिर्चैयामा करीब एक करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया नगरपालिकाको बजार एरिया, कटारी चौक र थाना चौकमा रहेका ठुल–ठुला पसल र गोदामहरुमा पानी पस्दा ब्यापारीहरु समस्यामा परेका छन । 

मिर्चैयामा बर्षाको पानी पसल र गोदाममा पस्दा एक करोड भन्दा बढीको क्षति भएको उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए । मिर्चैया ५ मा रहेको गदरी बजारमा करीब ४ फिट पानी जम्दा अधिकांश ब्यापारीहरुको पसल पसेको अध्यक्ष साहले जनाए । 


मिर्चैया नगरपालिकाको लापरबाहीले स्थानिय ब्यापारी र सर्बसाधारणहरुलाई बर्षाको समयमा यस्तो दुख भोग्नुपरिरहेको स्थानिय ब्यापारी हरिकिशोर महतोले आरोप लगाए । 

मिर्चैयामा नाला निर्माणका लागि खनिएको खाल्डोले पानी निकास नहुँदा डुवानमा परेको उनले दाबी गरे । केहि दिन लगातार रुपमा यस्तै बर्षा भए मिर्चैयाको दर्जन भन्दा बढी घर भत्किने सम्भाबना रहेको महतोले बताए ।

वर्षाका कारण मिर्चैया नगरपालिका जलमग्न हुँदा अधिकांश घरमा पानी पसेको छ । पानीको निकास हुन नसकेकोले मुख्य सडक जलाशयमा परिणत भएको छ ।  


मिर्चैयामा पानीको उचित बहाव नहुँदा ईलाका प्रहरी कार्यालय, मिर्चैया नगरपालिका, बिद्युत प्राधिकरण, सशस्त्र प्रहरी बल बेश क्याम्प, ईलाका बन कार्यालय, खानेपानी आयोजनामा पानी पसेको छ । 

पानीको बेगले ईलाका प्रहरी कार्यालय मिर्चैयाको करीब ३० मिटर पर्खाल भत्केको छ । बर्षाको पानी निकास गर्न मिर्चैयामा पुर्ब पश्चिम लोकमार्गलाई भत्काईएको छ । जसले सबारीसधान आबागमनमा समस्या भईरहेको छ । 

बर्षासंगै मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरु जलमगन भएकोले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा पुर्ब पश्चिम लोकमार्गमा समेत पानी जमेको स्थानिय ब्यापारी आशोक साहले बताए । वर्षाले मिर्चैयाको प्रायः सडक बाटोहरु जलमग्न भएको छ । 


मिर्चैया नगरपालिका अन्तर्गत रहेका जिर्ण एवं कच्ची सडक तथा गल्लीको सडकहरु पनि वर्षाले जलमग्न भएको छ । लगातारको बर्षाले मिर्चैयाको साथै गोलबजार, लहान, सुखिपुर, कल्याणपुर, बन्दिपुर, चोहर्बा, बस्तिपुर भगवानपुर लगायत जिल्ला भरीको अबस्था अस्तव्यस्त भएको छ ।

लागतारको बर्षाले जिल्लामा अहिले सम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक (एसपी) शेखर कोइरालाले बताए । बर्षाको पानी सर्बसाधरणको घरघर गएको भएपनि मानबिय क्षति नभएको एसपी कोइरालाले थपे । 


आज बिहान सिरहा नगरपालिका अन्तरगत रहेको सारस्बरमा कमला नदिको बाढीको बेगले बाँध कमजोर पारेको जानकारी पाएपछि नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा नियन्त्रण गरिएको उनले जनाए । 

सम्भाबित घटनाको मध्य नजर गर्दै दैबिक प्रकोप उद्धार समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हाईएलर्टमा रहेको एसपी कोइरालाले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!