संसोधन बिना निर्वाचन गरे देश गृहयुद्धमा जाने चेतावनी

Posted on: 28 Dec, 2016


राम नारायण पंडित | पुस १३, सिरहा | मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने  चेतावनी दिएका छन् । 

सिरहाको गौरिपुर प्र.म. मा रहेको जनता माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको शिल्यानास गर्दै अध्यक्ष यादवले तिन दलका नेताहरुले विगतमा जस्तै मधेशी, जनजाती, मुस्लिम र थारु माथि नरसंहार गरिे संबिधान लादन जवरजस्ती कुचेष्टा गरे संविधान रद्दीको टोकरीमा जाने दावी गरे । संशोधन बिना बर्तमान संविधान स्वीकार्य नरहेको भन्दै जारी गरिएको संविधानलाई सर्बस्वीकार्यता बनाउन संशोधन अनिवार्य रहेको यादबले स्पष्ट गरे । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले इमान्दारी पूर्वक प्रस्ताब गरिएको संशोधन प्रस्ताव टेवल गर्न नसकेको अध्यक्ष यादबले आरोप समेत लगाए ।  

एमाले दक्षिणपन्थी प्रंवृति भएको पार्टी रहेको आरोप लगाँउदै यादबले फेरी पनि यस्तै प्रवृति दोहर्याए फेरी जनसंघर्षका कार्यहरु अगाडि बढाउने उने उदघोष गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!