न्युनतम समझदारीमा संबिधान संसोधन गर्नुपर्छ: कानुनमन्त्री

Posted on: 05 Jan, 2017


राम नारायण पंडित/पुस २१, सिरहा । मुलुकलाई निकास दिन तत्काल न्युनतम समझदारीमा भएपनि संबिधान संसोधन गर्नु पर्ने न्याय, कानुन तथा संसदीय मामिला मन्त्रि अजय शंकर नायकले बताएका छन् । 

अहिले प्रस्ताब गरिएको संसोधन बिधेयकलाई मधेश केन्द्रित दलहरुले पनि सहयोग गरी तत्काल न्युनतम समझदारी गरेर भएपनि सहमती गर्नु पर्ने बताए । सरकार संबिधानलाई सर्बस्विकार्य बनाउन माँग अनुसार संसोधन गर्न तयार रहेको मन्त्रि नायकले दाबी गरे । 

विहिबार मिर्चैया नगरपालिकाको चौथों नगरपरिषदको उदघाटन गर्दै मन्त्रि नायकले स्थानिय निर्बाचन सबैको चिन्ताको बिषय बनेकोले स्थानिय निकायलाई सबल बनाउन निर्बाचन आबश्यक रहेको जिकिर गरे । देशमा बिदेशी चलखेल बढेकोले सबै शक्तिहरुले त्यसको सामना गर्नु पर्ने समेत बताए । यता, नगरपालिकाले चौथों नगरपरिषदले आर्थिक वर्ष २०७४/०७५ का लागि ११ करोड भन्दा बढीको प्रस्ताबित आयब्याय प्रस्ताव गरेको हो  । 


मिर्चैयाको मोहन उमाविमा भएको नीति, कार्यक्रम, बजेट तथा योजना सार्वजनिकीकरण कार्यक्रम मार्फत नगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ का लागि ११ करोड ३१ लाख २१ हजार ६ सय ८० रुपैयाको प्रस्तावित आयव्यय प्रस्तुत गरेको छ । यता, चालू आर्थिक वर्ष २०७२  र ०७३ तर्फ ९ करोड ९४ लाख २३ हजार १ सय ७२ रुपैयाँ आय र ७ करोड ८५ लाख २० हजार ६ सय ८० रुपैयाको व्याय प्रस्तुत गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!