सिरहामा वाइसियल नेतामाथि गोली प्रहार

Posted on: 12 Feb, 2017

राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान रहेका छन् ।

सिरहाको मिर्चैया २ मल्हनियाँको नहर चौकमा खान माथि करीब १० बजे अज्ञात समुहले गोली प्रहार गरेको थियो  । अन्दाजी २९ बर्षीय लालुखानलाई खुट्टामा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । 

घाइते खानको मिर्चैयाको एक निजि अस्पतालमा उपचार भइरहेको डिएसपी बज्राचार्यले बताए । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले बताएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!