गोली प्रहारबाट घाइते खान बिराटनगर रेफर

Posted on: 12 Feb, 2017

राम नारायण पंडित | फागुन १, सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका लालु खानलाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ । 

आज बिहान सिरहाको मिर्चैया २ मल्हनियाँमा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका मझौलिया ४ अरंग बस्ने लालु खानको थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले बताए ।  आफ्नै घरबाट ना ३८ प १३३४ नम्बरको गाडीमा सबार भई आइरहेको अबस्थामा आज (आइतबार) बिहान करीब १० बजे अज्ञात समुहले गाडी रोकी गोली प्रहार गरि खानलाई घाइते बनाएको छ । घाइते खानको पेट र टाउकोमा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । 

गोली हान्ने समुह ३ बटा मोटरसाईकलमा आइ खानलाई गोली हानी फरार भएको बताईएको छ । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले दाबी बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!