मधेस बिरोधि पार्टी भन्दै एमालेलाई चुनाव प्रचार गर्न रोक

Posted on: 09 Jun, 2017

जेठ २५, सिरहा | सिरहाको गोलवजारमा एमालेले बिजुलिको पोलमा प्रचार प्रसारका लागि झण्डा बाधेको भन्दै राजपाले विरोध गरेका छन् ।

एमाले मधेश विरोधी पार्टी भन्दै राजपाका कार्यकर्ताले एमालेको विरुद्ध नारावाजी समेत गरेका छन् । राजपाको बिरोधपछी एमालेको अनावश्यक पर्चा प्रहरी प्रशासनले डोजर लगाएर उतारेको छ । एमालेको प्रचारमा समेत बाधा पुर्याउँदै मधेसमा पछिल्लो समय व्यापक नाराबाजी सहित एमालेको पोष्टर च्यात्ने र बिरोध गर्ने गरिएको छ । 

मधेसको मागमा एमाले तगारो बनेको भन्दै एमाले बिरोधि गतिबिधि बढ्न थालेपछि सुरक्षामा समेत चुनौती थपिएको छ । उनीहरुले माग पुरा नगरी निर्वाचन गराए मधेशमा ठुलो दुर्घटना हुने चेतावनी समेत दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!