बन्दककर्ताद्धारा प्रहरी सवार बस तोडफोड

Posted on: 16 Jun, 2017


असार २, सिरहा ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरुले गोलबजारमा प्रहरी सवार बसमा तोडफोड गरेका छन् ।  

आज (शुक्रवार) बिहान पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रहरी सबार ना.४ ख १४४० नम्बरको बसलाई तोडफोड गरेको राजपाले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा प्रहारबाट बसको अगाडी भागको सिसा फुटेको छ । 

यता, बसमाथी ढुङ्गा प्रहार गर्ने मध्ये ललन भन्ने चन्दन कुमार झालाई  नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले बताए ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!