आगलागी हुँदा तीन लाखको क्षति

Posted on: 02 Jan, 2017

पुस १८, लहान । सिरहाको लहानमा गएराति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ । 

लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । 

राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर घाइते भएका छन् । सो आगलागीबाट करिब रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!