चिसोका कारण सिराहामा एक वृद्धको मृत्यु

Posted on: 06 Jan, 2017

पुस २२, सिराहा । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ । 

जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्लाकै सन्हैठ–२ स्थित पुरानो घरबाट नयाँ घर जयपुर जाने क्रममा अत्यधिक जाडोले कठ्याङ्ग्रिएर बरीयारपट्टि चोकमा यादवको मृत्यु भएको प्रहरी चौकी बरीयारपट्टिका प्रहरी सहायक निरीक्षक दिलबहादुर दनुवारले जानकारी दिनुभयो । 

विगत केही दिनदेखि बढेको जाडोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, टाइफाइड, रुघाखोकी र कोल्ड डाइरियाका बिरामीको चाप बढ्न थालको छ । 

चिसोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!