सिरहामा ट्रयाक्टरको ठक्करबाट किशोरको मृत्यु

Posted on: 06 Jan, 2017

पुस २२,  सिरहा । सिरहाको गोलबजार–३ चोपानेमा बाटो काट्ने क्रममा स १ त ३१८७ नम्बरको ट्रयाक्टरले ठक्करबाट स्थानीय बासिन्दा १६ वर्षका दीपक पासवानको ज्यान गएको छ ।

बिहीबार ट्रयाक्टरले ठक्कर दिँदा घाइते भएका पासवानको रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने ट्रयाक्टर र चालक इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!