आफ्नै १५ बर्षीय छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

Posted on: 13 Feb, 2017

फागुन २, सिरहा । आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । 

आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको इप्रका, गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए । 

पछिल्लोपटक पुनः बुबाले जबर्जस्ती करणीको प्रयास गरेपछि बालिकाले आफ्नी फूपूमार्फत प्रहरीलाई जानकारी गराएको प्रहरी निरीक्षक उपाध्यायले बताउनुभयो । पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!