खैरो हिरोइनसहित राई पक्राउ

Posted on: 18 Feb, 2017

फागुन ७, लहान । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले सिरहाको कसहाबाट आज एक युवकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कसहाबाट खैरो हिरोइनसहित सिरहाको गोलबजार– ६ निवासी भक्ति राईलाई पक्राउ गरेको हो । 

पक्राउ परेका राईको साथबाट तीन ग्राम खैरो हिरोइन बरामद भएको इलाका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । 

पक्राउ परेका राईले पूर्वी नेपालको काँकडभीट्टा पारी भारतीय बजार पानीट्याङ्कीबाट लागुपदार्थ हिरोइनल्याई सिरहाको गोलबजार, मिर्चैया, उदयपुरको कटारी लगायतको क्षेत्रमा बेच्ने गरेको प्रहरीको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!