सिराहामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Posted on: 08 Mar, 2017

राम नारायण पंडित/फागुन २५, सिरहा । सिरहाको वडहरामाल ५ मा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युबकको मृत्यु भएको छ भने एक युबक घाईते भएका छन् । 

मृत्यु हुने मोटरसाईकलको पछाडी सवार वडहरामाल ५ बस्ने अन्दाजी १८ बर्षीय ब्रम्हम यादव रहेको प्रहरीले बताए । 

घाईते हुनेमा सोही ठाँउका प्रेम कुमार यादव रहेका छन् । मंगलबार पूर्व पश्चिम लोकमार्गमा ज ५ प २२६० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!