सिरहामा जन्ती बसमा करेन्ट लाग्दा दुई जना घाइते

Posted on: 08 Mar, 2017

राम नारायण पंडित/फागुन २५, सिरहा । सिरहामा जन्ती लिन जाने क्रममा बसमा करेन्ट लाग्दाँ २ जना घाईते भएका छन् । 

बुधबार महोतरीबाट सिरहाको बंगठीया जन्ती लिन जाने क्रममा ना ४ ख ३७०५ नम्बरको बसमा कल्याणपुर १ परचिलबामा करेन्ट लाग्दा दुई जना घाइते भएको ईलाका प्रहरी कल्याणपुरले जनाए । 

घाईते हुनेहरुमा स्थानिय १० बर्र्षीय बालक आशिष माझी र बसको खलासी महोतरी साढाँ बस्ने करीब ३० बर्षीय प्रबिण झा रहेका छन् । घाईते झाको अबस्था गम्भिर रहेकोले स्थानिय स्तरमे उपचार सम्भब नभएपछि थप उपचारका लागि बाहीर रेफर गरिएको छ भने घाईते बालक माझीको स्थानिय स्तरमा उपचार भइरहेको छ । 

कल्याणपुर १ परचिलबा १ स्थित बिजुलीको तार चुडिँएर खसेको अबस्थामा रहेकोले बसमा करेन्ट प्रबाह भएको प्रहरीको भनाई रहेको छ । बसमा यात्रु नरहेकोले ठुलो घटना नभएको स्थानियको भनाई रहेको छ । यता, बस कल्याणपुर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!