सुनसहित एक जना प्रहरी फन्दामा

Posted on: 13 Apr, 2017

राम नारायण पंडित/चैत ३१, सिरहा । सिरहा प्रहरीले सुन सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

विहिबार बिशेष सुराकीको आधारमा खटिएको प्रहरी गस्ति टोलीले सिरहा नगरपालिका ७ बाट १ सय ११ ग्राम सुन सहित स्थानिय रामप्रताप गुप्ताको ४० बर्षीय छोरा बैजनाथ गुप्तालाई पक्राउ गरेको छ । 

गुप्ता नेपालबाट भारत तर्फ पैदल गईरहेको अबस्थामा प्रहरी टोलीले रोकी शरीर तलासी गर्दा निजले लुकाईछिपाई राखेको अबस्थामा २ थान सुनको वाला फेला परेपछि गुप्तालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  

सुनको बजार मोल अन्दाजी पाँच लाख तेत्तिस हजार आठ सय तिरहत्तर रुपैया रहेको प्रहरीको भनाई रहेको छ । पक्राउ परेको गुप्ता र बरामद भएको सुनको आबश्यक कार्बाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!