भाईको हत्या गर्ने दाजु–भाउजु पक्राउ

Posted on: 22 Apr, 2017

राम नारायण पंडित | बैशाख ८, सिरहा | सिरहामा भाईको हत्या गरेको आरोपमा दाजु–भाउजु पक्राउ परेका छन् । मिर्चैया ८ मझौवा बस्ने २७ बर्षीय प्रदिप रायको हत्याको आरोपमा प्रदिपको आफ्नै दाजु करीब ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबि रायलाई प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै घर मिर्चैया ८ मझौवामा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो । घटनाको अनुसंधान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देविको योजनामा हत्या भएको देखिएकोले दुवै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्ध बज्राचार्यले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसंधान भइरहेको डिएसपी बज्राचार्यले दाबी गरे । घटना भएको दिन मात्रै प्रदिप साथीको भतिजको विहेमा सहभागि हुन काठमांडौबाट घर आएका थिए । प्रदिपले काठमांडौमा लामो समय देखि प्रतिज्ञा मेनपावर संचालन गर्दै आएका थिए । 

घटना भएदेखि अपराधी पता लगाउन पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर, केन्द्रिय अनुसन्धान ब्यरो र स्थानिय प्रहरीहरुलाई परिचालन गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!