सम्झौता अनुरुप काम नभएको भन्दै स्थानियले गरे अवरोध

Posted on: 24 Apr, 2017


राम नारायण पंडित/बैशाख ११, सिरहा । सम्झौता अनुसार खानेपानीको पाइप बिछ्याउने काम नभईरहेको भन्दै मिर्चैयाका स्थानियहरुले अबरोध गरेका छन् । 

तेस्रो साना शहरी खानेपानी तथा सरसफाई समिति मिर्चैयाले गराईरहेका खानेपानी पाइप बिछ्याउने काम समझौता बिपरित भइरहेको भन्दै स्थानियहरुले अबरोध गरेका छन् । सोमबार मिर्चैया ५ स्थित पाइप बिछ्याउने काम भईरहेको बेला कमसल काम भईरहेको भन्दै अबरोध गरेको स्थानिय हरिकिशोर महतोले बताए । 

उनले खानेपानीको नाममा ब्रह्मलूट भइरहेको भएपनि भ्रष्ट समिती मुखदर्शक बनेको समेत आरोप लगाए । तेस्रो साना शहरी खानेपानी तथा सरसफाई समिति मिर्चैयाले ४८ करोड ६८ लाख ४८ हजार नौ सय २० रुपैया ०२ पैसामा कालिका रमन कंकाई जोइन्ट भेन्चरसंग मिर्चैयाको ५ बटा बडाहरुमा खानेपानीको पाइप बिछ्याउन सम्झौता गरेको स्थानिय प्रभात सिंहले बताए । 

जसमा प्रत्येक मिटर ९ सय ७० ग्रामको प्लाष्टिकको पाइप बिछ्याउने समझौता भएपनि ७०० ग्राम भन्दा पनि कम तौल भएको पाइप प्रयोग गरि भ्रष्टाचार गरिरहेको देखिएकोले काम गर्न रोक लगाईएको सिंहले दाबी गरे । 

खानेपानीको पाइपमा ठुलै भ्रष्टाचारी भएकोले समझौता अनुरुप काम गर्ने प्रतिबद्धता नआए सम्म काम संचालन गर्न नदिने स्थानिय लालबाबु साहले दाबी गरे ।


यसै सम्बन्धमा मिर्चैया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामलोचन साहलाई सम्पर्क गर्दा उनले सम्झौता अनुसार काम भइरहेको दाबी गरे । स्थानियहरुले अबरोध गरेको बिषयमा प्रश्न गर्दा उनले समितिसंग छलफल गर्र्ने र कामलाई निरन्तरता दिने बताए ।

यता, निरन्तर रुपमा भईरहेको पाइप बिछ्याउने काममा स्थानियले अबरोध गरेपछि सम्बन्धित प्राबिधिक बोलाई चेकजाच गरिने मिर्चैया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिब कुशेश्बर साहले बताए । 

त्यस्तै, जनताको योगदान र लगानीले आएको यस आयोजनामा लापरबार्ही गर्नेलाई सुधार गरि काम गर्नेु पर्ने समितिका सदस्य रणु शर्माले बताए । 

यसैबिच खानेपानीका सर्वोक्षक गणेश कुमार चौधरीले स्थानियहरुले तौल र स्टान्र्डको सबालमा काम अबरुद्ध गरेकोले काठमांडौबाट डिजाईनर र प्राबिधिक आएपछि केहि भन्न सकिने बताए । अहिले ठयाक्कै यसो छ उसो छ भन्न नमिल्ने उनले प्रतिक्रिया दिए ।

मिर्चैया नगरपालिकाको ४, ५, ६, ७ र ८ बडामा खानेपानी पाइप बिछ्याउने ठेक्का यहि जेष्ठ २१ गते सम्पन्न हुने समितिका सदस्य रेणु शर्माले बताए । पाइप बिछ्याउने काम एक प्रतिशतले मात्रै बाकी रहेको समेत उनले दाबी गरिन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!